पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’ « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गरेको पाँच कट्ठा जग्गामा धामको आकर्षक संरचना निर्माण भएका छन् ।

धामकी सञ्चालिका एवं बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प्रजापिता बह्मा बाबाको स्मारक, आवास कक्ष र सेमिनार हल निर्माण गरिएका छन् ।

राजयोग र ध्यानका माध्यमबाट मानसिक तनाव कम गर्न र आध्यात्मिक ज्ञान प्राप्त गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुर्याउन धामको निर्माण गरिएको उनले बताए । भारतको राजस्थानस्थित माउन्ट आबुमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालयमा रहेका महत्त्वपूर्ण संरचनाहरूको प्रतिकृति यस धाममा पाइने भएकाले भारत र नेपालका आध्यात्मिक पर्यटकलाई यसले आकर्षित गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

माउन्ट आबुकी राजयोगिनी उषा दिदी र ब्रह्माकुमारी राजयोग सेवा नेपालकी प्रमुख डा. राज दिदीलगायतले हालै तपस्याधामको अवलोकन गरेका थिए ।

जग्गादातासमेत रहेका कांग्रेस उपसभापति शर्माले मातापिताको स्मृतिलाई जीवन्त राख्न र शान्ति प्रवर्द्धनका लागि समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले आफ्नो परिवारले जग्गादान गरेको बताए । (रासस)

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ०८ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले