पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’ « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गरेको पाँच कट्ठा जग्गामा धामको आकर्षक संरचना निर्माण भएका छन् ।

धामकी सञ्चालिका एवं बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प्रजापिता बह्मा बाबाको स्मारक, आवास कक्ष र सेमिनार हल निर्माण गरिएका छन् ।

राजयोग र ध्यानका माध्यमबाट मानसिक तनाव कम गर्न र आध्यात्मिक ज्ञान प्राप्त गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुर्याउन धामको निर्माण गरिएको उनले बताए । भारतको राजस्थानस्थित माउन्ट आबुमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालयमा रहेका महत्त्वपूर्ण संरचनाहरूको प्रतिकृति यस धाममा पाइने भएकाले भारत र नेपालका आध्यात्मिक पर्यटकलाई यसले आकर्षित गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

माउन्ट आबुकी राजयोगिनी उषा दिदी र ब्रह्माकुमारी राजयोग सेवा नेपालकी प्रमुख डा. राज दिदीलगायतले हालै तपस्याधामको अवलोकन गरेका थिए ।

जग्गादातासमेत रहेका कांग्रेस उपसभापति शर्माले मातापिताको स्मृतिलाई जीवन्त राख्न र शान्ति प्रवर्द्धनका लागि समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले आफ्नो परिवारले जग्गादान गरेको बताए । (रासस)

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ०८ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ