सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने : देउवालाई सम्मान, गगनको हातमा शासन « Khabarhub

सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने : देउवालाई सम्मान, गगनको हातमा शासन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको बताएका छन् ।

शनिबार सुदूरपश्चिममा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले देउवा पार्टीको अभिभावक भएको भन्दै सम्मान रहेको उल्लेख गरे ।

अछामका साँफेबगर र कमल बजारमा आयोजित दुवै क्षेत्रका अलग अलग स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको बताए। अब गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदूरपश्चिमले आत्मसात् गरेर नवीन ऊर्जा विकास गर्ने विश्वास उनले प्रकट गरे ।

उनले भने, ‘देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ हो । पार्टीका उम्मेदवार र रूख चिन्हलाई विजयी गराउन वर्तमान र निवर्तमान दुवै नेतृत्वको उत्तिकै दायित्व रहेको छ ।’

सुदूरपश्चिमकै माटोबाट उदाएर राष्ट्रको नेतृत्व गरिसकेका नेताको यो क्षेत्रले फागुन २१ को चुनावबाट तुलनात्मक रूपले अरु प्रदेशमा भन्दा बढी राम्रो परिणाम दिएर इतिहास कायम गर्नुपर्ने आह्वानसमेत उपसभापति शर्माले गरे ।

शनिबार गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा सुदूरपश्चिम पुगेका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १२ : ५५ बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो