सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने : देउवालाई सम्मान, गगनको हातमा शासन « Khabarhub

सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने : देउवालाई सम्मान, गगनको हातमा शासन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको बताएका छन् ।

शनिबार सुदूरपश्चिममा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले देउवा पार्टीको अभिभावक भएको भन्दै सम्मान रहेको उल्लेख गरे ।

अछामका साँफेबगर र कमल बजारमा आयोजित दुवै क्षेत्रका अलग अलग स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको बताए। अब गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदूरपश्चिमले आत्मसात् गरेर नवीन ऊर्जा विकास गर्ने विश्वास उनले प्रकट गरे ।

उनले भने, ‘देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ हो । पार्टीका उम्मेदवार र रूख चिन्हलाई विजयी गराउन वर्तमान र निवर्तमान दुवै नेतृत्वको उत्तिकै दायित्व रहेको छ ।’

सुदूरपश्चिमकै माटोबाट उदाएर राष्ट्रको नेतृत्व गरिसकेका नेताको यो क्षेत्रले फागुन २१ को चुनावबाट तुलनात्मक रूपले अरु प्रदेशमा भन्दा बढी राम्रो परिणाम दिएर इतिहास कायम गर्नुपर्ने आह्वानसमेत उपसभापति शर्माले गरे ।

शनिबार गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा सुदूरपश्चिम पुगेका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १२ : ५५ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा