नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान « Khabarhub

नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा देखिएको प्राविधिक समस्या करिब डेढ घण्टापछि समाधान भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आजको कारोबार बन्द भएको केही समयपछि केही कम्पनीको शेयर मूल्य शून्य देखिएको थियो । 

‘केही कम्पनीको क्लोजिङ प्राइस शून्य देखाउँदा समग्र परिसूचकमा ठूलो अङ्कको गिरावट देखिएको थियो । यो प्राविधिक त्रुटि हो, त्यो समस्या समाधान भइसकेको छ’, उनले भने ।

आज नेप्से परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको थियो, तर बजार बन्द भएको करिब आधा घण्टापछि परिसूचक ८८५ दशमलव ३२ अङ्कले घटेर एक हजार ७६९ मा पुगेको देखिएको थियो ।

जुन ३३ दशमलव ३४ प्रतिशतको गिरावट हो । नेप्से परिसूचकमा एकाएक ठूलो अङ्कको गिरावट देखिएपछि लगानीकर्तामा अन्यौलता देखिएको थियो भने केही लगानीकर्ताले बारम्बार यस्ता समस्या दोहोरिन थालेको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेका थिए ।

नेप्सेको प्राविधिक टोलीले समस्या समाधान गरिसकेको र परिसूचक पहिलेकै अवस्थामा देखिएको प्रवक्ता पराजुलीले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ०३ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले