इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते « Khabarhub

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।

इजरायली आपतकालीन सेवाका अनुसार कम्तीमा २७ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

मिसाइल आवासीय क्षेत्रमा खसेपछि ठूलो क्षति भएको जनाइएको छ। उद्धार तथा खोजी टोली, चिकित्सक तथा हेलिकोप्टर घटनास्थलमा परिचालित छन्। बेइत शेमेश, यरुशलमबाट करिब ३० किलोमिटर पश्चिममा पर्छ।

अलजजिराका अनुसार उक्त आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र करिब २७ जना घाइते भएको उल्लेख गरिएको छ।

कुवेत ९७ मिसाइल र २८३ ड्रोन प्रहार

यसैबीच कुवैतको रक्षा मन्त्रालयले इरानले आफ्नो देशमाथि ९७ ब्यालिस्टिक मिसाइल र २८३ ड्रोन प्रहार गरेको जनाएको छ।

कुवेती वायुसेनाले धेरै मिसाइल र ड्रोन अवरोध गरी नष्ट गरेको दाबी गरेको छ। तर केही स्थानमा खसेको भग्नावशेषका कारण भौतिक क्षति र घाइते भएको खबर आएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : २४ बजे

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”