निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि संयोजक प्रचण्डको अपिल « Khabarhub

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि संयोजक प्रचण्डको अपिल


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।

आमजनसमुदायलाई सम्बोधन गर्दै आज भिडियो आज सन्देश जारी गरी उनले जेनजी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गरे ।

देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै संयोजक दाहालले त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताएका छन् । उनले आफू सरकारको नेतृत्वमा रहँदा सुशासन, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको र ठूला भ्रष्टाचार काण्ड उजागर गरिएको भन्दै फेरि पनि पार्टीले सो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

“हामी सरकारमा हुँदा सुशासन र विधिको शासन कार्यान्वयनको प्रयास गरेका थियौँ, तर त्यही बेला सरकार परिवर्तन भयो । त्यसपछि प्रतिपक्षमा रहँदा पनि कुशासनविरुद्ध निरन्तर सङ्घर्ष गरेका थियौँ”, उनले उल्लेख गरे, “यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मत दिने विश्वास छ ।”

निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै संयोजक दाहालले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ०९ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र