पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना « Khabarhub

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ ।

गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा तराई भूभागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बदली रहने छ भने बाँकी हिमाली भूभागमा आंशिक बदली हुनेछ । पहाडी तथा तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ । साथै कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमीस्थितिबारे जानकारी लिन तथा आवश्यक सावधानी अपनाउनु हुन सर्वसाधारलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : २६ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने