संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ? « Khabarhub

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ । बुधबारदेखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।

पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्दैछ ।

एमालेका वरिष्ठ नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता बन्ने चर्चा छ । युवा नेतामा भने इलामबाट निर्वाचित सुहाङ नेम्वाङको नाम चर्चामा छ । ताप्लेजुङबाट निर्वाचित एमाले युवा संघठनका अध्यक्षसमेत रहेका क्षितिज थेबेको नामसमेत चर्चामा छ । धनकुटाबाट प्रत्यक्ष जितेका राजेन्द्रकुमार राईसमेत चर्चामा छन् । प्रत्यक्षतर्फ एक जना पनि महिला विजयी नभएकाले समानुपातिकतर्फ विजयी पद्मा अर्यालको नामसमेत दलको नेताका रुपमा चर्चामा छ ।

संसदीय फाँटमा एमालेले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक गरेर चार नेतालाई जिम्मेवारी दिनसक्छ ।

फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ क्षेत्र जितेको छ ।

नेता बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : २७ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक