इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते « Khabarhub

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणपछि इजरायलका विभिन्न स्थानमा ठूला विस्फोटका आवाज सुनिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार गुश दान, शेरोन र समारिया क्षेत्रमा साइरन बजाइएको छ। अहिले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ।

आक्रमणपछि विभिन्न स्थानमा मिसाइल खसेको (क्र्यास साइट) खबर आएको छ । तर हालसम्म ठूलो क्षति वा मानवीय हताहतको पुष्टि भएको छैन।

इरानको आक्रमणबाट इजरायलको केन्द्रीय क्षेत्र ब्नी ब्राकमा ६ जना घाइते भएका छन्। घाइतेमध्ये ११ वर्षीया एक बालिका पनि रहेकी छन्।

रिपोर्टका अनुसार १३ वर्षका एक बालकसहित अन्य चार जना घाइते भएका छन्। सबैलाई मिसाइल आक्रमणका क्रममा उडेको छर्रा लागेर चोट लागेको हो।

घाइतेहरूलाई तुरुन्त अस्पतालमा भर्ना गरिएको छ । आक्रमणपछि स्वास्थ्य तथा उद्धार टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ।

लेबनानमा इजरायली आक्रमण, ७ जनाको मृत्यु

लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। यो आक्रमण बुधबार बिहान सबेरै गरिएको हो।

रिपोर्टका अनुसार हवाई आक्रमणबाट धेरै क्षेत्रमा ठूलो क्षति पुगेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : ३० बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको