एकापसमा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु « Khabarhub

एकापसमा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा घाइते भएका ढुङ्गानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगरपालिका–९ पश्चिम लच्कामा एकापसमा ठोक्किएको थियो ।

 ढुङ्गानाले ९८२४ नम्बरको मोटरसाइकल र श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।
 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ०५ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा