‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु « Khabarhub

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका दिव्या रायमाझीले आफ्नो भूमिका र काम गर्दाको अनुभवहरू सेयर गरेकी छन् ।

गत वर्ष ठूलो पर्दामा डेब्यू गरेकी दिव्याको यो तेस्रो फिल्म हो । चैत २७ बाट प्रदर्शनमा आउने यस फिल्म आफू आधुनिक राजकुमारीको भूमिकामा रहेको खुलाएकी छन् ।

उक्त फिल्मले एक्सन, इमोसन र सम्पेन्सले मिश्रणसहितले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दिव्याको दाबी छ ।

दिव्या अघिल्ला दुई फिल्मका कामबाट चर्चामा आउन सकेकी नायिका होइनन् । उनको स्टार नायकको छायामा परिन् ।

‘राम नाम सत्य’मा भने आफूले काम देखाउने गरी अभिनय गर्ने पाएकी उनको भनाइ छ ।

उनले थपिन्, ‘यो एउटा पूर्ण फिल्म हो । मैले मेरो फिल्म भनेर भनेको होइन । फिल्म एकदमै राम्रो बनेको छ । म पर्दामा पहिलाभन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले देखाउन पाएको छु ।’

फिल्ममा दिव्या नायक सुशील श्रेष्ठको जोडीको भूमिकामा छिन् ।

यो फिल्ममा दिव्याका साथमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट र आयुष सिंह ठकुरी शीर्ष भूमिकामा छन् ।

यो फिल्ममा दिव्या सुशीलको जोडीको रुपमा छिन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् ।

निर्देशक माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : ४० बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले