दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते « Khabarhub

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा बस ठक्कर खाँदा १३ जना घाइते भएका छन् । 

आज अपरान्ह ३: ४० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले सडक किनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि बसमा सवार घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पतालतर्फ पठाइएको थियो। घाइते सबैको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार बस चालक र ट्याङ्कर चालक फरार छन । दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेका छन् भने सडक आवागमन भने अवरुद्ध नभएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतिक सिंहले जानकारी दिए । उनका अनुसार उद्धारमा इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी निरीक्षक यम सापकोटाको कमाण्डमा टोली खटिएको थियो ।

घाइतेहरूको अवस्था अनुसार केही सामान्य, केही मध्यम तथा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरु चितवन र मकवानपुरका छन । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : १४ बजे

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ