गोल्छा ग्रुपद्वारा किओच बाल अस्पताललाई पाँच करोड आर्थिक सहयोग « Khabarhub

गोल्छा ग्रुपद्वारा किओच बाल अस्पताललाई पाँच करोड आर्थिक सहयोग


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो । 

कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान् कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको हो ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले भने, ‘सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको छु, हाम्रो फाउन्डेसनद्वारा गरिने सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि किओचसँग पनि सहकार्य शुभारम्भ भएकोमा हर्षित पनि छौँ र यो सहकार्य भविष्यमा पनि निरन्तर रहनेछ, यसका साथै बाल अस्पतालमार्फत बालबालिकाहरूको सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वाससमेत छ।’

त्यस्तै सहयोग रकम बुझ्दै किओचका अध्यक्ष कोइरालाले भने, ‘यस अभियानमा गोल्छा ग्रुपको साथ र सहयोगका निम्ति आभार व्यक्त गर्दछु, यस सहयोगबाट हजारौँ बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र सातै प्रदेशमा भइरहेको बाल अस्पताल निर्माणमा पनि धेरै ठूलो सहयोग पुग्ने विश्वास लिएको छु।’

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : ५६ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा