नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु « Khabarhub

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । 

प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यहि २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो ।

धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुनेछ । 

साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको थियो । 

उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : ०० बजे

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित