काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ « Khabarhub

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो ।

ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : ०२ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना