आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित « Khabarhub

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) माथि ४ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बैंगलोरले दिएको १५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी छँदै मात्र ६ विकेट गुमाएर पूरा गरेको हो ।

गुजरातको जितमा अलराउन्डर जेसन होल्डरले निर्णायक भूमिका खेले । उनले बलिङतर्फ २ विकेट लिनुका साथै ३ वटा क्याच गरे । ब्याटिङमा १० बलमा १२ रनको महत्वपूर्ण योगदान दिए । होल्डर खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । बैंगलोरका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । सामान्य योगफलको फाइदा गुजरातले लिएको हो ।

१५६ रनको लक्ष्य पछ्याएको गुजरातले १५.५ ओभरमै १५८ रन बनाउँदै जित सुनिश्चित गरेको हो । यो जितसँगै गुजरात टाइटन्स १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने पराजित बैंगलोरु १२ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ६ : ११ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम