टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल « Khabarhub

विश्वकप लिग–२

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा हुनेछन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ । त्रिकोणात्मक सिरिजमा नेपाल, यूएई र ओमान भिड्दैछन् ।

वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ । यसअघिका दुई खेलमा नेपाल र यूएईले एकएक जित निकालेका छन् । पहिलो खेलमा नेपालले यूएईमाथि ३७ रनले विजयी भयो भने ओमानसँग १०२ रनले पराजित भयो ।

दुई खेल खेलिसकेको यूएई पहिलो खेलमा नेपालसँग पराजित हुँदा दोस्रो खेलमा ओमानमाथि २५ रनको जित निकालेको टिम हो।

यूएईमाथि लगातार दबाब बढाउन आजको खेलमा नेपालमाथि जित्नै पर्ने दबाबमा छ । यूएई भने नेपालमाथि बदला लिन चाहन्छ । शुक्रबारपछि वैशाख २० गते आइतबार ओमान र युएई भिड्दै छन् भने यो सिरिजको अन्तिम खेलमा नेपालले वैशाख २२ गते मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग–२ को तालिकामा नेपाल र यूएई पुछारमा छन् । समान २२ खेल खेलेका दुई टिमले ६ खेलमा मात्र जित निकालेका छन् । नेपाल १४ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने १२ अंकसहित यूएई पुछारमा छ ।

घरेलु मैदानमा नेपाल आज यूएईलाई रोक्दै लिग–२ को तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

अर्जुन कुमालको डेब्यू
यूएईविरुद्ध अर्जुन कुमालले डेब्यू गरेका छन् । नेपाली टिम कप्तान रोहित पौडेलले अर्जुनलाई क्याप प्रदान गरेका हुन् । अर्जुन नेपालमा राम्रो खेल प्रदर्शन गर्दै आएका युवा ब्याट्सम्यान हुन् । उनले घरेलु प्रतियोगिताको एकदिवसीय खेलमा राम्रो रन बनाउँदै आएका छन् । उनी ओपनिङ ब्याट्सम्यानका रुपमा मैदानमा उत्रने गर्छन् । उनीसँग विकेट किपर भएर खेलेकोसमेत अनुभव छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : २५ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम