नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट « Khabarhub

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर दिएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाली टिमको ओपनिङ विनोद र अर्जुनले गर्नेछन् । अर्जुनले राष्ट्रिय टिममा आजै डेब्यू गरेका हुन् ।

नेपाली टिम कप्तान रोहित पौडेलले अर्जुनलाई क्याप प्रदान गरेका हुन् । अर्जुन नेपालमा राम्रो खेल प्रदर्शन गर्दै आएका युवा ब्याट्सम्यान हुन् । उनले घरेलु प्रतियोगिताको एकदिवसीय खेलमा राम्रो रन बनाउँदै आएका छन् । उनी ओपनिङ ब्याट्सम्यानका रुपमा मैदानमा उत्रने गर्छन् । उनीसँग विकेट किपर भएर खेलेकोसमेत अनुभव छ ।

नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा हुनेछन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ । त्रिकोणात्मक सिरिजमा नेपाल, यूएई र ओमान भिड्दैछन् ।

वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ । यसअघिका दुई खेलमा नेपाल र यूएईले एकएक जित निकालेका छन् । पहिलो खेलमा नेपालले यूएईमाथि ३७ रनले विजयी भयो भने ओमानसँग १०२ रनले पराजित भयो ।

दुई खेल खेलिसकेको यूएई पहिलो खेलमा नेपालसँग पराजित हुँदा दोस्रो खेलमा ओमानमाथि २५ रनको जित निकालेको टिम हो।

यूएईमाथि लगातार दबाब बढाउन आजको खेलमा नेपालमाथि जित्नै पर्ने दबाबमा छ । यूएई भने नेपालमाथि बदला लिन चाहन्छ । शुक्रबारपछि वैशाख २० गते आइतबार ओमान र युएई भिड्दै छन् भने यो सिरिजको अन्तिम खेलमा नेपालले वैशाख २२ गते मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग–२ को तालिकामा नेपाल र यूएई पुछारमा छन् । समान २२ खेल खेलेका दुई टिमले ६ खेलमा मात्र जित निकालेका छन् । नेपाल १४ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने १२ अंकसहित यूएई पुछारमा छ ।

घरेलु मैदानमा नेपाल आज यूएईलाई रोक्दै लिग–२ को तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

यूएईविरुद्धको नेपाली टिम ः रोहितकुमार पौडेल (कप्तान), अर्जुन कुमाल, विनोद भण्डारी, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी समेटिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : ४१ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना