मे दिवसमा जिफन्टको काठमाडौं र्‍याली, श्रमिक अधिकार र सीप विकासमा जोड « Khabarhub

मे दिवसमा जिफन्टको काठमाडौं र्‍याली, श्रमिक अधिकार र सीप विकासमा जोड


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मे दिवस अर्थात १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइएको छ ।  श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । 

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएका छन् ।

दिवसका विभिन्न पार्टी निकट मजदुर सङ्गठनले काठमाडौंमा र्याली निकालेका छन् । त्यस्तै भक्तपुरमा नेमकिपा निकट मजदुरहरूले र्याली निकालेका थिए । उनीहरूले स्वदेशमा नै उचित रोजगारीको ग्यारेन्टीको माग गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।

नेपालमा पनि विराटनगरमा विसं. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।

कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति-श्रमिकसँग समृद्धि भन्ने नारासहित मे दिवस २०८३ को अवसरमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा र्‍याली निकालेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : ०८ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी