नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक « Khabarhub

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेले। उनले ९४ बलमा १३ चौका र एक छक्कासहित शतक पूरा गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

यसअघि यही श्रृंखलाको पहिलो खेलमा पनि उनले युएईविरुद्ध ७५ रन बनाएका थिए भने ओमानविरुद्धको खेलमा ६० रनको योगदान दिएका थिए।

ओपनर विनोद भण्डारीले ५६ रन बनाउँदै राम्रो सुरुआत दिलाए। कप्तान रोहित पौडेलले ३९ रन जोडे। डेब्यु खेलिरहेका अर्जुन कुमाल र आरिफ शैखले समान ११–११ रन बनाए।

सातौँ नम्बरमा आएका गुलशन झाले डेथ ओभरमा आक्रामक ब्याटिङ गर्दै ४४ रनको महत्वपूर्ण योगदान दिए।

अन्य खेलाडीहरूमा भीम सार्की र सोमपाल कामीले भने उल्लेखनीय योगदान गर्न सकेनन्।

दीपेन्द्रको शतक, विनोदको अर्धशतक र अन्तिमक्रममा गुलशनको आक्रामक इनिङ्स मद्दतमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  २ : ०६ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले