नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक « Khabarhub

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेले। उनले ९४ बलमा १३ चौका र एक छक्कासहित शतक पूरा गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

यसअघि यही श्रृंखलाको पहिलो खेलमा पनि उनले युएईविरुद्ध ७५ रन बनाएका थिए भने ओमानविरुद्धको खेलमा ६० रनको योगदान दिएका थिए।

ओपनर विनोद भण्डारीले ५६ रन बनाउँदै राम्रो सुरुआत दिलाए। कप्तान रोहित पौडेलले ३९ रन जोडे। डेब्यु खेलिरहेका अर्जुन कुमाल र आरिफ शैखले समान ११–११ रन बनाए।

सातौँ नम्बरमा आएका गुलशन झाले डेथ ओभरमा आक्रामक ब्याटिङ गर्दै ४४ रनको महत्वपूर्ण योगदान दिए।

अन्य खेलाडीहरूमा भीम सार्की र सोमपाल कामीले भने उल्लेखनीय योगदान गर्न सकेनन्।

दीपेन्द्रको शतक, विनोदको अर्धशतक र अन्तिमक्रममा गुलशनको आक्रामक इनिङ्स मद्दतमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  २ : ०६ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम