नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात « Khabarhub

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । 

बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका  सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो । 

उक्त कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाह लगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको हो । नर्सिङ रुमले कर्मचारीहरूलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रुपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ । 

‘यस कक्षको थालनी मार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पुरा गरेका हौँ। यसले कर्मचारी आमाहरूलाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महसुस गराउने छ,’ सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले बताइन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नर्सिङ रुम बैंकको तर्फबाट एउटा राम्रो सुरुवात भएको बताए । ‘लैङ्गिक समानता, कर्मचारीको हित नबिल बैकका प्रमुख मान्यता भित्र पर्दछन् र आज सुरु भएको यो कक्षले हाम्रा ती मुल्यमान्यताहरुलाई प्रतिबिम्बित गर्छ,’ अध्यक्ष चौधरीले भने।
 
‘हेर्दा सानो देखिए पनि यस कदमले हाम्रो कर्मचारीहरूलाई सकारात्मक असर पार्नेछ र यो कक्ष हाललाई केन्द्रीय कार्यालयमा मात्र भए पनि आउने दिनमा अरु शाखाहरूमा पनि विस्तार गर्दै लगिने छ,’ उनले थपे ।

यसप्रकारका प्रयासमार्फत नबिल बैंकले आफ्ना कर्मचारीका ख्याल राख्नुका साथै सहयोग गर्ने वातावरणलाई बढावा दिइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ । 

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ३ : ३९ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि