नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा « Khabarhub

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा परेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार जारी खेलमा यूएईले लगातार विकेट गुमाएपछि यूएईको इनिङ संकटमा परेको हो ।

ताजा अवस्थामा यूएईले ३२ ओभरको खेल सकिँदासम्म ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको छ । यूएईका मुहम्मद शहदादले सर्वाधिक ६५ रन बनाएका छन् । ७२ बलको सामना गरेका उनले ४ चौका र दुई छक्का प्रहार गरेका छन् । यूएईका हरप्रित सिंहले ४० बलमा ४१ रन बनाएका छन् । त्यस्तै, आयंश शर्माले ३२ बलमा ३३ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामीले दुई विकेट लिएका छन् । नन्दन यादवले एक विकेट लिएका छन् ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले ।

९४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ५६ रन जोडे । गुल्शन झाले ३८ बलमा ४४ रन बनाए ।

यूएईका जुनैद सिद्दिक र अजय कुमारले समान दुई तथा खुजैमा तनवीर र हैदर अलीले समान एक विकेट लिए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ५ : २९ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम