कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान « Khabarhub

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ प्रभावित व्यक्ति र उनीहरूको परिवारको कानुनी र मौलिक हकका बारेमा नीतिगत सम्मान र आर्थिक सहयोग गरेको छ ।

प्रतिष्ठानले आज २५ जना कुष्ठ प्रभावितलाई प्रतिव्यक्ति रु २० हजारका दरले आर्थिक सहयोग गरेको हो । कुष्ठ प्रभावित व्यक्तिको अधिकारका लागि सक्रिय १२ वटा संस्थाको सिफारिसमा उनीहरूलाई सम्मान गरिएको प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले जानकारी दिए ।

मुलुकभर रहेका करिब दुई लाख कुष्ठप्रभावित व्यक्ति रहेको अनुमान छ । आर्थिक सहयोग पाएपछि उनीहरूले जीविकोपार्जनका लागि व्यवसाय गर्ने तयारी गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सभापति प्रधानले कुष्ठ प्रभावित व्यक्तिहरूको कानुनी र सामाजिक दृष्टिकोणबाट सुधार गर्नका साथै आर्थिक रूपमा पनि सक्षम बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : ४० बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’