वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक « Khabarhub

वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदीप खड्गीको निर्देशनमा बनेको वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक भएको छ ।

साइन्स फिक्सन जनरामा बनेको सिरिज ८ भागमा तयार गरेको टिमले जनाएको छ । निर्माण टिमले नेपालमा नै पहिलोपटक साइन्स फिक्सनमा सिरिज बनाएको दाबीसमेत गरेको छ ।

फोकस फिक्चर्सको ब्यानरमा बनेको यस सिरिजमा नक्षत्र, ग्रह, अन्तरिक्ष वा अनन्त लोक सम्मिलितको काल्पनिक पृथक ब्रह्माण्ड बनाएर प्रस्तुत गरेको निर्माण टिमको दाबी छ । सम्यक र बिसम्यक देव (मनुष्य) र दानव (मुटेन्ट) को कथा ‘कुरू’मा देख्न पाइने टिमले जनाएको छ।

अनन्त कुमार श्रेष्ठले नेपग्याज्मसँग सहकार्य गरेर सिरिज निर्माण गरेका हुन्।

सिरिजमा सुशील राजोपाध्याय, भिन्तुना जोशी, अर्पण तामाङ, लोमन सागर रेग्मी, प्रविण बजगाईं, यशजंग बोगटी, सनिश शाक्य, रुवेन खड्गी, सुरज व्यन्जनकार, रोजिना सुवाल, सुचित्रा उप्रेती, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, अनु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।

लिंक : https://www.youtube.com/watch?v=CI10QgtePlE

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ७ : ४१ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल