आज २०८३ साल असार १७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असार १७ गते बुधबारको राशिफल


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६ जुलाई १ तारिख। असार कृष्ण पक्षको प्रतिपदा उपरान्त द्वितिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज कार्य सम्पन्न हुने दिन छ । आम्दानी बढ्ने छ। व्यापारमा लगानी गर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्ने छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

वृष : बोलीका प्रभावले काम बन्ने छ। :वा:थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : सहकार्य गरेर व्यापारमा लगानी गर्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले काम बन्ने योग छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने भएकाले कम बोल्नु उचित हुन्छ।

कर्कट : आज थोरै बोल्नु उचित हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

सिंह : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट भय र त्रासको जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने छ।

कन्या : अनावश्यक यात्रामा खर्च हुनेछ। सञ्चित धन खर्च हुँदा मनमा खटपटी बढ्ने छ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। :वा:थ्यले साथ दिने छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने छ।

तुला : सामाजिक प्रतिष्ठा मिल्नेछ । कलाको क्षेत्रमा तपाईंको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ। परिवारको साथमा रमाइलो घुमघामको यात्रा तय हुनेछ।

वृश्चिक : दिन राम्रो छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। रोगलाई सानो भनेर वेवा:था गर्दा घाटा हुनेछ। काम गर्दा अग्रजको सल्लाह लिएर गर्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

धनु : बोलीको प्रभावले काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ। लगानी गरेको भए नाफा आर्जन हुनेछ। :वा:थ्यमा सुधार हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। परिवारभित्रबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुन्छ।

मकर : दिन सामान्य छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। सञ्चित धन खर्च हुँदा मन उदास हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले यात्रा सहज बन्ने छ। :वा:थ्यमा सम:या हुँदा मन उदास हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। शिवको भजन सुनेर मात्र कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : पुराना काम सुचारु हुने दिन छ । मनमा खुसी मिल्नेछ । साथीभाईसँगको भेटले नयाँ दीर्घकालिन योजना बन्नेछ । पारिवारिक मेलमिलापको योग रहेको छ 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : १४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह