इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता « Khabarhub

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

'संकटमा परेको प्यालेस्टाइनी शरणार्थी नियोगलाई १०० मिलियन डलर सहयोग गरौँ'


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी दोहामा कूटनीतिक दौडधुप तीव्र बनेको छ । कतारका प्रधानमन्त्री एवं विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले अमेरिकी विशेष दूतहरू स्टिभ विटकफ र जारेड कुश्नरसँग दोहामा भेटवार्ता गरेका छन् ।

इरानी वार्ताकारहरू पनि यतिबेला दोहामै रहेका छन् । तर, अमेरिकी र इरानी पक्षबीच तत्काल कुनै प्रत्यक्ष वार्ताको कार्यतालिका नरहेको बताइएको छ । इरानले युद्धविराम र तनाव न्यूनीकरणका लागि आफ्ना सर्तमा दृढ अडान कायम राखेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्रसंघीय नियोगमा देखिएको १०० मिलियन डलरको वित्तीय अभाव पूर्ति गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् । कडा खर्च कटौती र मितव्ययिताका उपायहरू अपनाउँदा अपनाउँदै पनि यो संस्था अहिले बन्द हुने अवस्थामा पुगेको महासचिव गुटेरेसले बताएका छन् ।

महासचिव गुटेरेसले महासभाको विशेष बैठकलाई सम्बोधन गर्दै भने, “सदस्य राष्ट्रहरूको तत्काल आर्थिक सहयोग र समर्थन बिना यो नियोगले काम अगाडि बढाउन सक्ने अवस्था छैन ।” इजरायलले नियोगमाथि लगाएका आरोपहरू पछि संस्थाले व्यापक सुधारका कदम चालेको र आफ्ना नीतिहरू परिमार्जन गरेको समेत उनले स्पष्ट पारे ।

“अस्थिरताको यो युगमा एउटा स्थिरता कायम राख्ने शक्ति हो,” गुटेरेसले भने । उनले भ्रामक प्रचार, दुष्प्रचार, कानुनी अवरोध र कूटनीतिक उल्झन खडा गरेर नियोगलाई कमजोर बनाउन भइरहेका प्रयासको कडा शब्दमा निन्दा गरे ।

यो नियोगले गाजा, कब्जा गरिएको वेस्ट बैंक, लेबनान, जोर्डन र सिरियामा रहेका करिब २६ लाख प्यालेस्टाइनीहरूलाई खाद्यान्न सहायता, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र आश्रय प्रदान गर्दै आएको छ । इजरायलले उक्त नियोगले प्यालेस्टाइनी सशस्त्र समूहहरूलाई सहयोग गरेको आरोप लगाउँदै आए पनि अहिलेसम्म त्यसको सार्वजनिक रूपमा प्रमाणित हुने कुनै प्रमाण प्रस्तुत गर्न सकेको छैन । नियोगले इजरायलको यो आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ७ : ०५ बजे

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीलाई उन्मुक्ति छैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका