विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा « Khabarhub

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।

खेलको पहिलो हाफमै उत्कृष्ट आक्रामक फुटबल पस्किएको मेक्सिकोले दुई गोलको अग्रता बनाएको थियो, जसलाई दोस्रो हाफमा रक्षात्मक रणनीतिमार्फत कायमै राख्न सफल भयो ।

खेलको २२ औँ मिनेटमा आर. अल्भाराडोको पासमा जे. क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपछि अर्थात् ३१ औँ मिनेटमा क्विनोनेसकै पासमा भेट्रान स्ट्राइकर आर. जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको मेक्सिकन टोलीले दोस्रो हाफमा भने बलियो ‘लो ब्लक’ रक्षापंक्ति बुन्दै इक्वेडरका प्रहारहरूलाई विफल तुल्याएको थियो ।

खेलको अतिरिक्त समयमा इक्वेडरका पिएरो हिन्कापीले रातो कार्ड पाए । मुख छोपेर बोलेका कारण उनलाई रेफ्रीले खेलको अतिरिक्त समयको पाँचौ मिनेटमा रातो कार्ड दिएका हुन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ९ : ४६ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको