विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा « Khabarhub

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।

खेलको पहिलो हाफमै उत्कृष्ट आक्रामक फुटबल पस्किएको मेक्सिकोले दुई गोलको अग्रता बनाएको थियो, जसलाई दोस्रो हाफमा रक्षात्मक रणनीतिमार्फत कायमै राख्न सफल भयो ।

खेलको २२ औँ मिनेटमा आर. अल्भाराडोको पासमा जे. क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपछि अर्थात् ३१ औँ मिनेटमा क्विनोनेसकै पासमा भेट्रान स्ट्राइकर आर. जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको मेक्सिकन टोलीले दोस्रो हाफमा भने बलियो ‘लो ब्लक’ रक्षापंक्ति बुन्दै इक्वेडरका प्रहारहरूलाई विफल तुल्याएको थियो ।

खेलको अतिरिक्त समयमा इक्वेडरका पिएरो हिन्कापीले रातो कार्ड पाए । मुख छोपेर बोलेका कारण उनलाई रेफ्रीले खेलको अतिरिक्त समयको पाँचौ मिनेटमा रातो कार्ड दिएका हुन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ९ : ४६ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको