बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित « Khabarhub

बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली  हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी  त्रसित बनेका छन् ।

हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो । 

हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । 

हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको  थियो । हाल सोलारप्यानल जीर्ण अवस्थामा पुगेको छ ।  

बालीनाली नष्ट गर्ने, घर तोडफोड गर्ने र मानिसको ज्यानैसमेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने बताउछन्, स्थानीय रमेश दाहाल । 

जिल्ला प्रशासन कार्यालय, झापाले त्यस क्षेत्रमा द्रुत प्रतिक्रिया टोली (आरआरटी), परिचालन गरेको बाहुनडाँगी गाविसका पूर्वध्यक्ष नीलकण्ठ तिवारीले जानकारी दिए। अतिरिक्त प्रशासनले जनपद र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाउने गरेको छ । 

स्थानीयले हात्तीबाट जोगिन र बालीनाली जोगाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रधानमन्त्री, जिल्ला प्रशासन कार्यालय झापामासमेत ज्ञापनपत्र बुझाई सकेका छन् । 

यहाँका जनताले ४० वर्षदेखि जङ्गली हात्तीको आतङ्क व्यहोर्दै आएका छन् ।  
 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ३५ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा