बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित « Khabarhub

बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली  हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी  त्रसित बनेका छन् ।

हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो । 

हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । 

हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको  थियो । हाल सोलारप्यानल जीर्ण अवस्थामा पुगेको छ ।  

बालीनाली नष्ट गर्ने, घर तोडफोड गर्ने र मानिसको ज्यानैसमेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने बताउछन्, स्थानीय रमेश दाहाल । 

जिल्ला प्रशासन कार्यालय, झापाले त्यस क्षेत्रमा द्रुत प्रतिक्रिया टोली (आरआरटी), परिचालन गरेको बाहुनडाँगी गाविसका पूर्वध्यक्ष नीलकण्ठ तिवारीले जानकारी दिए। अतिरिक्त प्रशासनले जनपद र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाउने गरेको छ । 

स्थानीयले हात्तीबाट जोगिन र बालीनाली जोगाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रधानमन्त्री, जिल्ला प्रशासन कार्यालय झापामासमेत ज्ञापनपत्र बुझाई सकेका छन् । 

यहाँका जनताले ४० वर्षदेखि जङ्गली हात्तीको आतङ्क व्यहोर्दै आएका छन् ।  
 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ३५ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको