लाहोरमा शिक्षण केन्द्रको छत खस्दा १४ बालबालिकाको मृत्यु, सञ्चालक पक्राउ « Khabarhub

लाहोरमा शिक्षण केन्द्रको छत खस्दा १४ बालबालिकाको मृत्यु, सञ्चालक पक्राउ


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनापछि भग्नावशेषमा थप बालबालिका फसेको आशंकामा उद्धार कार्य जारी छ। घटनासँग सम्बन्धित शिक्षण केन्द्रका सञ्चालक र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको निर्माणाधीन दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घाइते बालबालिकाको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।

दुर्घटनालगत्तै एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो। स्थानीय बासिन्दाले पनि बेलचा तथा खाली हातले भग्नावशेष हटाउँदै उद्धार कार्यमा सहयोग गरेका थिए।

घटनापछि अस्पताल र शिक्षण केन्द्र परिसरमा शोकको वातावरण छाएको छ। मृतक बालबालिकाका शव परिवारलाई बुझाइएपछि आफन्तहरू भावविह्वल बनेका थिए। अधिकांश पीडित स्थानीय बासिन्दा रहेकाले मङ्गलबार नै अन्त्येष्टिको तयारी गरिएको जनाइएको छ।

स्थानीय बासिन्दाले जीर्ण तथा असुरक्षित भवनमा कक्षा सञ्चालन गरिएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। स्थानीय बासिन्दा जफर इकबालले एउटै बस्तीका धेरै परिवारले आफ्ना सन्तान गुमाएकाले कसको घरमा पहिले समवेदना व्यक्त गर्न जाने भन्ने अवस्था रहेको बताउनुभयो।

पाकिस्तानमा कमजोर निर्माण गुणस्तर, सुरक्षा मापदण्डको बेवास्ता र जीर्ण भवनका कारण यस्ता भवन दुर्घटना पटकपटक हुने गरेका छन्।

राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरे। उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा मापदण्ड लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ३६ बजे

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीलाई उन्मुक्ति छैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका