वर्षायाम शुरु भएसँगै सङ्क्रामक रोग बढ्दो , एक सातामा १ हजार ६ सय बढि बिरामी « Khabarhub

वर्षायाम शुरु भएसँगै सङ्क्रामक रोग बढ्दो , एक सातामा १ हजार ६ सय बढि बिरामी


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर एक साताको अवधिमा १ हजार ६ सय १२ जना विभिन्न सरुवा तथा जनस्वास्थ्यसँग सम्बन्धित रोगबाट प्रभावित भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको साप्ताहिक  बुलेटिनअनुसार असार ८ देखि १४ गतेसम्म सबैभन्दा धेरै ७ सय ६२ जना तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी भेटिएका छन् ।

सोही अवधिमा इन्फ्लुएन्जा जस्तै लक्षण देखिएका ३ सय ८२ जना, गम्भीर श्वासप्रश्वास संक्रमणका ३ सय ६५ जना, डेंगुका ६३ जना, शरीरमा बिमिरा आउने ज्वरोका १८ जना तथा स्क्रब टाइफसका १४ जना बिरामी दर्ता भएका छन् । यसबाहेक जन्डिससहितको ज्वरोका ४, इन्फ्लुएन्जाका २ र अन्य रोगका २ घटना पनि रिपोर्ट भएका इडीसीडीले जनाएको छ । 

महाशाखाका अनुसार पछिल्ला केही सातादेखि झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा डेंगुका घटनाहरू निरन्तर देखिँदै आएका छन् । यद्यपि २६ औँ इपिडिमियोलोजिकल सातामा अधिकांश रोगका केसहरू अघिल्लो साताको तुलनामा केही घटेको देखिएको छ ।

प्रदेशगत विवरणअनुसार झाडापखालाका सबैभन्दा धेरै ४१६ बिरामी बागमती प्रदेशमा भेटिएका छन् । इन्फ्लुएन्जा जस्तै लक्षण भएका बिरामीमध्ये १४७ जना सुदूरपश्चिम प्रदेशका रहेका छन् भने गम्भीर श्वासप्रश्वास संक्रमणका ९६ जना बागमती प्रदेशमा रिपोर्ट भएका छन् । डेंगुका ६३ बिरामीमध्ये २९ जना कोशी प्रदेशका रहेका छन् ।

यसैबीच, सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीमा आयोजित धान काट्ने मेलामा सहभागी २० जना व्यक्तिमा खाद्य विषाक्ततासँग मिल्ने लक्षण देखिएको महाशाखाले जनाएको छ । 

एउटै स्थानमा तयार गरिएको खाना तथा पेय पदार्थ सेवन गरेपछि उनीहरूमा बान्ता, पखाला, पेट दुख्ने, ज्वरो आउने र जीउ दुख्ने समस्या देखिएको थियो । प्रभावितमध्ये १७ जना महिला र ३ जना पुरुष रहेका थिए । सबैलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको र हाल अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले वर्षायाममा झाडापखाला, डेंगु तथा अन्य सरुवा रोगको जोखिम बढ्ने भएकाले व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ४० बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा