नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित « Khabarhub

नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा दिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड पाएको हो ।

यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अर्वार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि पाएको बैंकले जनाएको छ । यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी एकैपटक तीनवटा अवार्डबाट नबिल बैंक सम्मानित भएको छ।

मंगलबार काठमाडैांमा आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिलका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गरे । 

आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको हो । अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दीगोपना जस्ता मापदण्ड राखिएको थियो । नबिल बैंकलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ ।

 नबिल बैंकले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदका लागि पनि यो पुरस्कार पाएको थियो । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तारमा आयोजना गरिने साफा बिपिए अवार्डका लागि समेत मनोनीत हुने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ५६ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति