पलाउमा आप्रवासी निर्वासन सुरु, ट्रम्प प्रशासनको नयाँ कदम « Khabarhub

पलाउमा आप्रवासी निर्वासन सुरु, ट्रम्प प्रशासनको नयाँ कदम


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै उष्णकटिबन्धीय प्रशान्त क्षेत्रको सानो टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको छ। यसबारे पलाउ सरकारले बुधबार जानकारी दिएको छ।

ट्रम्प प्रशासनले शरण खोज्ने तथा कागजातविहीन आप्रवासीहरूलाई एल साल्भाडोर, युगान्डालगायतका तेस्रो मुलुकमा पठाउने नीति अघि बढाइरहेका बेला पलाउ पनि निर्वासितहरूलाई पुनःस्थापना गर्ने मुलुकमध्ये एक बनेको हो।

गत डिसेम्बरमा अमेरिका र पलाउबीच भएको सम्झौताअनुसार पलाउले अमेरिकी आर्थिक सहयोगको बदलामा निर्वासितहरूलाई पुनःस्थापना गर्न सहमति जनाएको थियो। पलाउका राष्ट्रपति सुरान्जेल ह्विप्सको कार्यालयका अनुसार निर्वासितहरू फिलिपिन्सबाट करिब ८०० किलोमिटर पूर्वमा अवस्थित कोरल एटोलसहितका क्षेत्रमा पुगिसकेका छन्।

सम्झौतामा हस्ताक्षरका क्रममा राष्ट्रपति ह्विप्सले यसलाई पलाउ र अमेरिकाका लागि ‘दुवै पक्षको हित हुने’ व्यवस्था भएको बताएका थिए। उनका अनुसार पलाउले अमेरिकी निर्देशनअनुसार निर्वासितहरूलाई आवश्यक सहयोग र मार्गदर्शन गर्नेछ भने उनीहरूलाई रोजगारीका अवसर उपलब्ध गराउने प्रयास पनि गरिनेछ।

सम्झौताअनुसार पलाउले आपराधिक पृष्ठभूमिसहितको विवरणका आधारमा कसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा पूर्ण निर्णयाधिकार राख्नेछ। यसको बदलामा अमेरिकाले सार्वजनिक सेवा सञ्चालन र पूर्वाधार विकासका लागि पलाउलाई ४ करोड ७५ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने सहमति भएको छ।

यद्यपि, यस कदमको आलोचना पनि भइरहेको छ। आलोचकहरूले अमेरिकाले पलाउजस्ता साना राष्ट्रलाई अनावश्यक आप्रवासीहरूको ‘डम्पिङ ग्राउन्ड’ बनाएको आरोप लगाएका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने ट्रम्प प्रशासन अवैध आप्रवासन नियन्त्रण र सीमा सुरक्षालाई थप सुदृढ बनाउने प्रतिबद्धताअनुसार नै यो प्रक्रिया अघि बढाइएको बताएका छन्। उनले अन्य सरकारसँग भएका कूटनीतिक संवादबारे थप टिप्पणी गर्न अस्वीकार गरेका छन्।

करिब २० हजार जनसङ्ख्या रहेको पलाउ विश्वकै साना राष्ट्रमध्ये एक हो। सन् १९९४ मा स्वतन्त्रता प्राप्त गरेको पलाउले ‘कम्प्याक्ट अफ फ्रि एसोसिएसन’ सम्झौताअन्तर्गत अमेरिकी सेनालाई आफ्नो भूभाग प्रयोग गर्न अनुमति दिएको छ। त्यसको बदलामा अमेरिकाले पलाउको राष्ट्रिय सुरक्षाको जिम्मेवारी लिँदै आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १ : ५५ बजे

सरकारलाई प्रश्न- सांसदले उठाएका जनताका प्रश्नको जवाफ कहिले दिने ?

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको

यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान प्रभावित भयो : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले यात्रु