रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय, पदाधिकारी तथा केन्द्रीय सदस्य कसैलाई पनि तत्काल मनोनित नगर्ने निर्णय गरेको छ।

पार्टीको पहिलो महाधिवेशनपछि बुधबार बसेको केन्द्रीय समिति बैठकमा मनोनयनको विषयमा निर्णय नभएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार बैठकमा मुख्यतः नवनिर्वाचित पदाधिकारी तथा सदस्यबीच शुभकामना आदानप्रदान गरिएको थियो। साथै, पार्टीका तीन विभागमा नेताहरूको जिम्मेवारीबारे प्रारम्भिक छलफल भएको उनले बताए।

पार्टीकी महामन्त्री निशा डाँगीले पार्टी विधानअनुसार मनोनयन गर्ने अधिकार सभापतिमा रहेको उल्लेख गर्दै आवश्यकताअनुसार आगामी दिनमा मनोनयन गरिने बताइन्।

‘त्यो जिम्मेवारी हामी सबैले पार्टी सभापतिलाई सुम्पिसकेका छौँ। उनले आवश्यकता अनुसार बिस्तारै मनोनयन गर्नुहुन्छ,’ उनले भनिन्।

रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य, ३३ जना सचिवालय सदस्य तथा १० जना पदाधिकारी मनोनित गर्ने अधिकार रहेको छ। त्यसअनुसार आगामी दिनमा आवश्यकताका आधारमा मनोनयन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ३ : ०० बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय