सभामुख अर्यालसँग साउदी अरेबियाका राजदूतबीच भेटवार्ता « Khabarhub

सभामुख अर्यालसँग साउदी अरेबियाका राजदूतबीच भेटवार्ता


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिखले भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले नेपालकाे सङ्घीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराए ।

उक्त समूहले दुवै देशका संसदबीच पारस्परिक हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे ।

उनले नेपाल र साउदी अरेबियाबीच श्रम आप्रवासको क्षेत्रमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्दै साउदी अरेबिया नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गरे ।

भेटका क्रममा सभामुख अर्यालले मार्च २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको उल्लेख गरे । 

उनले यस ऐतिहासिक अवसरलाई दुवै देशबीचको सुदृढ साझेदारी तथा भविष्यको अझ घनिष्ठ सहकार्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने अर्थपूर्ण कार्यक्रम तथा सहभागितामूलक गतिविधिमार्फत गरिमामय र स्मरणीय रूपमा मनाउने अपेक्षा व्यक्त गरे ।

सभामुख अर्यालले नेपाल र साउदी अरेबियाबीच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा साउदी अरेबिया सहित मित्रराष्ट्रहरूबाट थप लगानी र सहयोगको अपेक्षा गरेको बताए ।

उनले नेपालको प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, समृद्ध संस्कृतिका कारण नेपाल साउदी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने उल्लेख गरे । 

सो अवसरमा राजदूत मनिखले नेपाल र साउदी अरेबियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश सदैव सकारात्मक रहेको बताए । 

उनले नेपालसँगको सहकार्यलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको धारणा व्यक्त गरे । 

नेपालले सन् १९७८ मा साउदी अरेबियामा आफ्नो राजदूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०१२ मा नेपालमा राजदूतावास स्थापना गरेको हो । हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजार ८६५ नेपाली नागरिक कार्यरत रहेका छन् । रासस

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ४ : ११ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा