फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने « Khabarhub

फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाएपछि नेपाली राष्ट्रिय फुटबल टोली र क्लबहरू एसियाली फुटबल महासंघ (एएफसी) का आगामी प्रतियोगिताहरूमा सहभागी हुन नपाउने भएका छन् ।

एएफसीले एन्फाका महासचिव किरण राईलाई सम्बोधन गर्दै पठाएको पत्र अनुसार फिफाले जुन २४, २०२६ देखि लागू हुने गरी एन्फालाई निलम्बन गरेपछि यो संकट निम्तिएको हो । फिफा विधानको धारा १३ अनुसार एन्फाले आफ्ना सम्पूर्ण सदस्यता अधिकारहरू गुमाएको छ, जसका कारण नेपालका कुनै पनि प्रतिनिधि तथा क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

एएफसीले नेपालका सहभागी टोली र क्लबहरू हालका लागि एएफसी प्रतियोगिताका लागि अयोग्य ठहरिएको स्पष्ट पारेको छ । यदि तोकिएको समयसीमाभित्र एन्फामाथिको निलम्बन फुकुवा नभएमा नेपाली टोलीहरूलाई सम्बन्धित प्रतियोगिताबाट पूर्ण रूपमा हटाइने पत्रमा उल्लेख छ ।

एएफसीका अनुसार एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको ड्र जुलाई २ मा हुँदैछ । ड्र हुनुभन्दा तीन दिनअघि अर्थात् जुन २९, २०२६ सम्म निलम्बन फुकुवा नभएमा नेपाली टोली प्रतियोगिताबाट हट्ने एएफसीले जनाएको छ ।

त्यसैगरी, चीनमा हुने एएफसी यू-१७ महिला एसियन कपको प्रारम्भिक ड्र जुलाई १६ मा तय गरिएको छ । यसका लागि एएफसीले जुलाई १३, २०२६ सम्मको समयसीमा दिएको छ । त्यस्तै, चीनमै हुने एएफसी यू-२० एसियन कप छनोट खेल सुरु हुनुभन्दा ३० दिन अगाडि अर्थात् अगस्ट १, २०२६ सम्म निलम्बन फुकुवा हुनुपर्ने शर्त राखिएको छ।

यसअघि एन्फाले सन् २०२६/२७ को सिजनका लागि विभिन्न एएफसी प्रतियोगिताहरूमा सहभागिता जनाउन नाम दर्ता गराइसकेको र एएफसीले त्यसलाई स्वीकृत समेत गरिसकेको भए पनि फिफाको पछिल्लो कडा निर्णयका कारण नेपाली फुटबलको भविष्य अन्योलमा परेको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : ०२ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा