युएनआरडब्लुएका लागि राजनीतिक र आर्थिक सहयोग बढाउन प्यालेस्टिनी राजदूतको आह्वान « Khabarhub

युएनआरडब्लुएका लागि राजनीतिक र आर्थिक सहयोग बढाउन प्यालेस्टिनी राजदूतको आह्वान


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका स्थायी प्रतिनिधि रियाद मन्सुरले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) लाई राजनीतिक तथा आर्थिक रूपमा थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेका छन्।

न्युयोर्कमा आयोजित युएनआरडब्लुएका लागि संयुक्त राष्ट्र महासभाको वार्षिक प्रतिज्ञा सम्मेलनलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र महासभाको प्रस्ताव–१९४ को आधारमा प्यालेस्टाइन शरणार्थी समस्याको न्यायपूर्ण र दीर्घकालीन समाधान आवश्यक रहेको बताए। त्यसका लागि अन्तर्राष्ट्रिय समुदायले आवश्यक राजनीतिक इच्छाशक्ति र साहस प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

मन्सुरले हाल प्यालेस्टिनी शरणार्थीहरूको अवस्था अभूतपूर्व रूपमा जटिल बनेको उल्लेख गर्दै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा जारी इजरायली सैन्य आक्रमणका कारण मानवीय संकट थप गहिरिएको बताए। उनले युएनआरडब्लुएले यस्तो कठिन परिस्थितिमा पनि शरणार्थीहरूको पीडा कम गर्न तथा शिक्षा, स्वास्थ्य र राहतलगायतका आधारभूत सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि प्यालेस्टिनी शरणार्थीहरूले गम्भीर मानवीय संकटको सामना गरिरहेको उल्लेख गरेका छन्। उनले विशेषगरी गाजा पट्टीसहित युएनआरडब्लुए सञ्चालन भएका क्षेत्रहरूमा लाखौं शरणार्थीका आवश्यकताहरू पूरा गर्न तथा क्षेत्रीय स्थिरता कायम राख्न एजेन्सीको भूमिका अपरिहार्य रहेको बताए।

गुटेरेसले युएनआरडब्लुएको वित्तीय संकट र यसको गतिविधिमा लगाइएका प्रतिबन्धले महासभाले केही महिनाअघि नवीकरण गरेको जनादेश कार्यान्वयन गर्न गम्भीर चुनौती सिर्जना गरेको चेतावनी दिए। उनले युएनआरडब्लुएको कामलाई प्रतिस्थापन गर्न वा यसको जनादेश पूरा गर्न सक्ने अर्को कुनै संस्था नरहेको स्पष्ट पारे।

महासचिव गुटेरेसले युएनआरडब्लुएलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न तत्काल राजनीतिक र आर्थिक सहयोग आवश्यक रहेको दोहोर्याउँदै यस्तो सहयोगले प्यालेस्टाइन शरणार्थी समस्याको समाधान खोज्न तथा न्यायपूर्ण र दिगो शान्ति स्थापना गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : ०८ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक