राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल « Khabarhub

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक (नेपाल वायुसेवा निगम)को पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताएका छन् ।

नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमानदार भएर लाग्नुपर्ने बताए । निगमको विकासमा अहोरात्र खटिने इमान्दार, नैतिकवान् र जिम्मेवार कर्मचारीको वृत्ति विकासमा मन्त्रालयले ध्यान दिने र अनियमितता गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे  ।

मन्त्री पौडेलले निगमको प्रगतिका लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले निगमका सम्पूर्ण कर्मचारीलाई कुशलतापूर्वक र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई बलियो बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । उनले  विगतका अनुभवबाट शिक्षा लिँदै स्पष्ट दृष्टिकोणका साथ निगमलाई अघि बढाउनुपर्ने उल्लेख गरे। निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विभिन्न चुनौतीका बाबजुद पनि पछिल्लो समय यात्रुको सङ्ख्या र आम्दानी वृद्धि हुनु सकारात्मक पक्ष रहेको बताए । 

सो अवसरमा मन्त्री पौडेलले निगमको गतिविधि समेटेर प्रकाशन गरेको  वार्षिक विशेषाङ्क ‘आकाश भैरव’ पत्रिकाको लोकार्पण गरे । निगमको वार्षिकोत्सवका अवसरमा आजै निगमको केन्द्रीय कार्यालयबाट न्यूरोड जुद्ध शालिक हुँदै निगमको कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो । 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : ०९ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको