‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’ « Khabarhub

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकावासीले स्थानीय तहमा सञ्चालित हाटबजारहरूको अनुगमन गर्न समेत आग्रह गरेका छन् । 

रोहिणी–४ का सञ्जयकुमार गुप्ताले धकधई बजारलाई व्यवस्थित गर्न आग्रह गरे । ‘उपभोक्ता ठगिनु हुँदैन । यसका लागि बजार अनुगमन गर्नुपर्छ’, उनले भने। गाउँपालिकावासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न ‘एक घर, एक धारा’ को व्यवस्था गर्नुपर्नेमा गुप्ताले जोड दिए ।

स्थानीय सतिशचन्द्र मिश्राले सङ्घीय सरकारले थालेका योजना सम्पन्न गर्न स्थानीय तहले पहल गर्नुपर्ने बताए । उनले ताल, पोखरीलगायत सार्वजनिक सम्पत्ति संरक्षणमा ध्यान दिन आग्रह गर्दै शिक्षाको विकासमा समेत ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले सार्वजनिक सम्पत्ति संरक्षणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले विगत र अहिलेको तुलना गर्दा धेरै परिवर्तन भएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले बजारमा देखिएका समस्या समाधान गर्न अनुगमनलाई निरन्तरता दिइने बताए । उनले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको बताए । 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : २३ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय