‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’ « Khabarhub

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकावासीले स्थानीय तहमा सञ्चालित हाटबजारहरूको अनुगमन गर्न समेत आग्रह गरेका छन् । 

रोहिणी–४ का सञ्जयकुमार गुप्ताले धकधई बजारलाई व्यवस्थित गर्न आग्रह गरे । ‘उपभोक्ता ठगिनु हुँदैन । यसका लागि बजार अनुगमन गर्नुपर्छ’, उनले भने। गाउँपालिकावासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न ‘एक घर, एक धारा’ को व्यवस्था गर्नुपर्नेमा गुप्ताले जोड दिए ।

स्थानीय सतिशचन्द्र मिश्राले सङ्घीय सरकारले थालेका योजना सम्पन्न गर्न स्थानीय तहले पहल गर्नुपर्ने बताए । उनले ताल, पोखरीलगायत सार्वजनिक सम्पत्ति संरक्षणमा ध्यान दिन आग्रह गर्दै शिक्षाको विकासमा समेत ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले सार्वजनिक सम्पत्ति संरक्षणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले विगत र अहिलेको तुलना गर्दा धेरै परिवर्तन भएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले बजारमा देखिएका समस्या समाधान गर्न अनुगमनलाई निरन्तरता दिइने बताए । उनले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको बताए । 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : २३ बजे

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो