पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम « Khabarhub

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ । 

‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ’, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।’

उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो । 

काठमाडौँ उपत्यकाका पम्पहरूले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिए । उपत्यकामा करिब १३० भन्दा बढी पम्प रहेका छन् । 
 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : ३६ बजे

विद्याले चार पूर्वप्रधानमन्त्रीको नाडी छाम्नुको अर्थ यस्तो…

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले वाम एकताको धुन

आलुमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं– ललितपुर महानगरपालिका- ३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला

मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा

पर्वत– मोदी गाउँपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी

क्रिप्टोबाट ट्रम्पको अर्बौँ डलर कमाइ, स्वार्थको द्वन्द्वबारे विवाद

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना