सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण « Khabarhub

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पुनः दोहोर्‍याउँदै बाह्य हस्तक्षेपको प्रतिरोध गर्नुपर्नेमा जोड दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा बुधबार ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताए।

उनले बलियो सेना राष्ट्रिय सुरक्षाको आधार भएको उल्लेख गर्दै रक्षा क्षमता अझ सुदृढ बनाइने स्पष्ट पारे।

सम्बोधनका क्रममा सीले भ्रष्टाचारविरुद्धको दीर्घकालीन र व्यापक अभियानलाई अझ दृढताका साथ अघि बढाइने बताए। उनको नेतृत्वमा सञ्चालित भ्रष्टाचारविरोधी अभियानका क्रममा पछिल्ला तीन वर्षमा दुई जना रक्षामन्त्री पदमुक्त भएका छन् भने चीनको सर्वोच्च सैन्य निकाय केन्द्रीय सैन्य आयोगमा पनि व्यापक फेरबदल गरिएको छ। यस अभियानका कारण चिनियाँ सेनाको युद्ध क्षमता र नेतृत्व संरचनामाथि विश्लेषकहरूले प्रश्नसमेत उठाउँदै आएका छन्।

यसअघि मे महिनामा केन्द्रीय सैन्य आयोगले वरिष्ठ सैन्य अधिकारीमाथि कडा शिक्षा, व्यवस्थापन र निगरानी लागू गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको थियो। सेनाभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको जनाइएको छ।

राष्ट्रपति सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको पुनः दोहोर्‍याउँदै ताइवानसँगको पूर्ण एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य र सम्पूर्ण चिनियाँ जनताको साझा आकांक्षा भएको बताए। कुनै देशको नाम उल्लेख नगरी उनले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न पनि आह्वान गरे।

सन् १९२१ जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीमा सन् २०२५ को अन्त्यसम्म १० करोड १० लाखभन्दा बढी सदस्य रहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ०९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड