ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा « Khabarhub

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा

लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ । 

वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि यस बैंकले यस्तो सुरक्षात्मक व्यवस्था मिलाएको हो ।

बैंकका अनुसार ग्राहकहरूलाई कुनै पनि सम्भावित वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको शङ्का लागेमा बैंकको ‘ग्लोबल कनेक्ट’ को आधिकारिक नम्बर ०१-५९७०६०० (वा अन्तर्राष्ट्रिय कलका लागि +९७७-१-५९७०६००) मा फोन गरेर मौखिक रूपमै खाता ब्लक गराउन सक्नेछन् ।

बैंकका अनुसार ग्राहक आफैंले बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत सुरक्षित रूपमा खाता रोक्का गर्न सक्नेछन् । 
यस प्रविधिको मुख्य विशेषता भनेको ग्राहकले एपभित्र पासवर्ड वा जैविक पहिचान हानेर लगइन  गरिरहनु पर्दैन । एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा देखिने ‘कल साइन’ मा क्लिक गरी ‘मिसकल बैंकिङ’  भित्र रहेको ‘अकाउन्ट ब्लक बाई मिसकल’ विकल्प छनोट गर्नासाथ बैंक खाता तत्कालका लागि पूर्ण रूपमा रोक्का हुनेछ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सम्पूर्ण वाणिज्य बैंकहरूलाई ग्राहक वा खातावालाको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ ।  

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ७ : २० बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा