बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’ « Khabarhub

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा दिँदै चलचित्र विकास बोर्डले ३१ फिल्मको सूची सर्वाजनिक गरेको छ ।

बोर्डले २६ औैं वार्षिक उत्सवको अवसरमा विगतमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्मको सूची निकालेको हो । जसमा २५ औं वार्षिक उत्सवमा २५ हिट फिल्मको सूची निकालेको थियो । यो वार्षिक उत्सवमा गत वर्ष प्राविधिक कारणले नसमेटिएका केही र गत वर्षमा प्रदर्शनमा आएका हिट फिल्म समेटिएको छ । अहिले उक्त हिट फिल्मको सूचीमा ३१ वटा अटाएका छन् ।

निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ ९ वर्षअघि रिलिज भएको हो । तर, गत वर्षको २५ हिट फिल्मको सूचीमा यो समावेश थिएन । अहिले भने राखिएको छ । बोर्डका अनुसार यो फिल्मले ९ करोड २१ लाख ग्रस कलेक्सन गरेको छ । यो २० औं हिट फिल्म हो ।

त्यस्तै, २६ वर्षअघि प्रदर्शनमा आएको सुशील क्षेत्री स्टारर फिल्म ‘आगो’ पनि यो वर्ष हिट फिल्मको सूचीमा अटाएको छ । यो उक्त सूचीको अन्तिम अर्थात् ३१ नम्बरमा छ । यसको ग्रस कलेक्सन ७ करोड २० लाख छ ।

सोलो आए पल

गत वर्ष नै नायक पल शाह हिट लिस्टमा परेका थिए । उनको अभिनय रहेको फिल्म ‘शत्रु गते’ उक्त लिस्टमा थियो ।

‘शत्रु गते’को नायक पल भए पनि यस हिट हुनुको क्रेडिट वरिष्ठ कलाकार हरिवंश आचार्यलाई गयो । फिल्ममा पनि हरिवंश र दीपकराज गिरी हाबी छन् ।

तर, पलले गत वर्ष बक्स अफिसमा करिअरकै ठूलो सफलता हात पारे । उनको फिल्म ‘आबाट आमा’ हिट भयो । यो फिल्म उक्त लिस्टको १२ नम्बरमा छ भने ग्रस कलेक्सन १३ करोड २० लाख गरेको छ ।

उनी सोलो शीर्ष भुमिकामा रहेको फिल्म सूचीमा परेको यो नै पहिलो पटक हो ।

अनमोल पनि सूचीमा

नायक अनमोल केसी टिनएजर्स अडिएन्स तान्ने नायकका रुपमा परिचित छन् । उनको फिल्म हेर्न हतपत फेमिली अडिएन्स आएको पाइदैन ।

‘नेपालमा फेमिली अडिएन्स नआएको फिल्म चल्दैन’ भन्ने भाष्य छ ।

तर, अनमोल यो पटक हिट लिस्टमा आए । गत वर्षको प्रदर्शनमा आएको उनको फिल्म ‘जेरी अन टप’ सूचीमा परेको हो । यसको व्यापार १२ करोड २८ लाख छ ।

३१ हिट फिल्मको सूची

१- पूर्णबहादुरको सारंगी : ४६ करोड ८७ लाख
२- कबड्डी ४ : २१ करोड ४० लाख
३- १२ गाउँ : १९ करोड ९२ लाख
४- परान : १७ करोड ७६ लाख
५- छक्कापञ्जा ४ : १७ करोड ५३ लाख
६- जारी : १७ करोड ४८ लाख
७- छक्कापञ्जा : १६ करोड १० लाख
८- महाजात्रा : १५ करोड ६७ लाख
९- छक्कापञ्जा ५ : १५ करोड २० लाख
१०- कोहिनुर : १४ करोड ७५ लाख
११- छक्कापञ्जा २ : १४ करोड ५१ लाख
१२- आबाट आमा : १३ करोड २० लाख
१३- शत्रु गते : १२ करोड ६५ लाख
१४- जेरी अन टप : १२ करोड २८ लाख
१५- ऊनको स्वीटर : १० करोड ६२ लाख
१६- कबड्डी कबड्डी : १० करोड ३५ लाख
१७- बोक्सीको घर : १० करोड १० लाख
१८- छ माया छपक्कै : ९ करोड ९२ लाख
१९- लालीबजार : ९ करोड ३१ लाख
२०- लुट २ : ९ करोड २१ लाख
२१- दिमाग खराब : ८ करोड ९८ लाख
२२- अञ्जीला : ८ करोड ८३ लाख
२३- परदेशी २ : ७ करोड ९२ लाख
२४- छक्कापञ्जा ३ : ७ करोड ८३ लाख
२५- प्रेमगीत ३ : ७ करोड ६३ लाख
२६- कबड्डी कबड्डी कबड्डी : ७ करोड ५९ लाख
२७- पूजार सार्की : ७ करोड ३८ लाख
२८- महापुरुष : ७ करोड ३५ लाख
२९- कबड्डी : ७ करोड ३४ लाख
३०- पशुपति प्रसाद २ भस्मे डन : ७ करोड ३२ लाख
३१- आगो : ७ करोड २० लाख

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ९ : ३३ बजे

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु, २४ घाइते

एजेन्सी– युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल, युद्ध रणनीतिमा सुधारको संकेत

एजेन्सी– रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक

राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन

जनकपुरधाम– बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम,