अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ? « Khabarhub

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो आफ्नै विवादास्पद निर्णयका कारण गम्भीर राजनीतिक सङ्कटमा परेका छन्। फिफाका प्रतियोगिताहरूको सेयर अन्य कार्यकारीहरूलाई जानकारी नै नदिई निजी लगानी कम्पनीहरूलाई बेच्ने प्रस्ताव अघि सारेपछि उनी चौतर्फी दबाबमा परेका हुन्।

युरोपेली फुटबल महासङ्घ (युइएफए) ले विश्वकपसहित फिफाका सम्पूर्ण प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोको पद जोखिममा परेको छ। युइएफएले इन्फान्टिनोप्रति विश्वास गुमाएको औपचारिक घोषणा गर्दै उनलाई पदबाट हटाउने रणनीति बनाइरहेको छ।

इन्फान्टिनोलाई आफ्नै निकट मानिएका महासङ्घ र सहयोगीहरूले समेत साथ छाड्न थालेका छन्। सन् २०२६ को विश्वकप आयोजनाको सहकार्य गरिरहेको कन्काकाफ (उत्तरी, मध्य अमेरिका र क्यारिबियन फुटबल महासङ्घ) ले फिफाको नेतृत्वबारे पूर्ण समीक्षाको माग गरेको छ। यस्तै, एसियाली फुटबल महासङ्घ (एएफसी) का सदस्य राष्ट्रहरू तथा इन्फान्टिनोका प्रमुख सल्लाहकार कार्लोस कोर्डेरो र मुख्य सञ्चालन अधिकृत (सीओओ) केभिन लामुरले समेत उहाँको साथ छाडेका छन्।

चौतर्फी विरोधपछि इन्फान्टिनोले आफ्नो प्रस्ताव फिर्ता लिएका छन्, तर उनीविरुद्धको राजनीतिक घेराबन्दी झन् कडा बनेको छ।

इन्फान्टिनो कसरी हट्न सक्छन् ?

इन्फान्टिनोलाई पदमुक्त गर्ने सबैभन्दा सहज बाटो उनका पूर्ववर्ती सेप ब्लाटरले सन् २०१५ मा गरेझैँ राजीनामा दिनु हो। तर, अझै पनि केही महासङ्घको समर्थन कायमै रहेकाले उनी आगामी मार्चमा हुने चौथो कार्यकालको निर्वाचनसम्म पदमा टिकिरहने रणनीतिमा देखिन्छन्।

राजीनामा नआएमा फिफा काउन्सिलको आपत्कालीन बैठक डाकेर उनलाई राजीनामाका लागि दबाब दिन सकिने प्रावधान छ। ३७ सदस्यीय काउन्सिलका कम्तीमा १९ जना सदस्यले माग गरेमा दुई साताभित्र आपत्कालीन बैठक बस्नुपर्छ। यद्यपि, तत्काल १९ जनाको समर्थन पुग्नेमा आशङ्का व्यक्त गरिएको छ।

दोस्रो विकल्पका रूपमा २११ सदस्य राष्ट्र सम्मिलित विशेष महाधिवेशन बोलाउन सकिन्छ। कुल सदस्य राष्ट्रको पाँचौँ भाग अर्थात् ४३ वटा महासङ्घले लिखित माग गरेमा दुईदेखि तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्छ। ५५ सदस्य रहेको युइएफए एक्लैले यो महाधिवेशन आह्वान गर्न सक्ने तागत राख्छ।

महाधिवेशनमार्फत अध्यक्षलाई हटाउन कम्तीमा १०६ राष्ट्रको अविश्वासको मत (बहुमत) आवश्यक पर्छ। लगानी प्रस्तावको विपक्षमा १३६ देश उभिएका भए पनि ती सबै देश इन्फान्टिनोलाई नै पदबाट हटाउने पक्षमा मतदान गर्छन् भन्ने निश्चित छैन। उदाहरणका लागि, कतारले इन्फान्टिनोलाई खुला समर्थन गरिसकेको छ भने मेक्सिकोले पनि युइएफएको कडा वक्तव्यबाट आफूलाई अलग राखेको छ।

मार्चमा हुने अध्यक्ष पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम म्याद नोभेम्बर १८ सम्म रहेको छ। युरोपेली महासङ्घ युइएफए अहिले इन्फान्टिनोविरुद्ध सर्वसम्मत र बलियो उम्मेदवारको खोजीमा जुटेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ३४ बजे

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक