बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर) « Khabarhub

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ । बुटवल उपमहानगरपालिका–२ मैनाबगरस्थित ‘अटोभिलेज’ सवारी मर्मत स्थल मात्र होइन, पुराना सवारीको डम्पिङ साइट पनि बनेको छ ।

दुर्घटनामा परेपछि मर्मत हुन नसकेका एक्साभेटर, टिप्पर, ट्रक, भ्यान, ट्याक्सी, जीप वर्षौंदेखि यहीँ थन्किएका छन् । २०५५ सालतिर अटोभिलेज निर्माणका क्रममा जग्गा सम्याउन आएको डोजरदेखि जेन–जी आन्दोलनमा जलेका सवारी अटोभिलेजमा देखिन्छ ।

५० भन्दा बढी सवारी डम्पिङ गर्नुपरेको बुटवल अटो इन्जिनियरिङ एशोसिएसनका उद्योग उपाध्यक्ष ध्रुवराज भुसालले बताए । उनकाअनुसार बैंकको नाममा रहेकाले थन्किएका गाडी एशोसिएसनले बिक्री तथा नष्ट गर्न पाएको छैन ।

बुटवलमा छरिएर रहेका व्यवसायीलाई एकैठाउँमा व्यवस्थित गर्ने उद्देश्यले २०५७ सालमा अटोभिलेज बनाइएको थियो । देशकै पहिलो ‘अटोभिलेज’मा करिब १० हजारको संख्यामा मजदुर तथा प्राविधिकले काम गर्छन् । यहाँ ९ सयको हारहारीमा अटो व्यवसायी छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ५० बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको