साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब « Khabarhub

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान (एमबीएस) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाब दिएको खुलेको छ।

उनले ट्रम्पसँग टेलिफोन वार्ता गर्दै इरानविरुद्ध प्रस्तावित ठूलो सैन्य आक्रमण नगर्न र मध्यपूर्वको तनाव संवादमार्फत् समाधान गर्न आग्रह गरेका खुलेको एक्सियोसले जनाएको छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार युवराज सलमानले ट्रम्पलाई तनाव थप बढाउने कदमबाट टाढा रहन र कूटनीतिक समाधानलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

ट्रम्प प्रशासनले इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा गरेको क्षेप्यास्त्र आक्रमण र होर्मुज जलडमरूमध्यमा जहाज आवागमन अवरुद्ध गरेको आरोप लगाउँदै इरानका ऊर्जा पूर्वाधारमाथि ठूलो सैन्य कारबाहीको विकल्पमाथि विचार गरिरहेको छ। यद्यपि ट्रम्पले हालसम्म अन्तिम आदेश भने जारी गरेका छैनन्।

साउदी सरकारी समाचार एजेन्सी एसपीएका अनुसार युवराज सलमानले क्षेत्रीय तनाव कम गर्न संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले कूटनीतिक प्रयासमार्फत क्षेत्रीय सुरक्षा र स्थायित्व कायम राख्न तथा व्यापक युद्धको जोखिम रोक्न आवश्यक रहेको बताएका छन्।

वार्ताका क्रममा अमेरिका र साउदी अरेबियाबीचको द्विपक्षीय सहकार्यका विषयमा पनि छलफल भएको थियो। यसअघि ट्रम्पले साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमानसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा साउदी पक्षले इरानसँगको तनाव घटाउने पक्षमा रहेको सन्देश दिएको बताइएको छ।

उता इरानले अमेरिका वा इजरायलले आक्रमण गरे, वा त्यसमा क्षेत्रीय मुलुकहरूले सहयोग गरे, आफूले कडा र समानुपातिक जवाफ दिने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर तथा साउदी र टर्कीका विदेशमन्त्रीसँग छुट्टाछुट्टै वार्ता गर्दै सम्भावित अमेरिकी आक्रमणबारे छलफल गरेका छन्।

यसैबीच कतारको मध्यस्थतामा इरान, अमेरिकी विशेष दूत स्टिभ विटकफ र ओमानका अधिकारीबीच होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्ता भएको छ। स्रोतहरूका अनुसार वार्तामा केही प्रगति भए पनि त्यसले तत्काल संकट समाधान गर्ने वा नगर्ने अझै स्पष्ट भइसकेको छैन।

मध्यपूर्व मामिलाका विश्लेषक रोस ह्यारिसनका अनुसार ट्रम्पले प्रस्तावित आक्रमण तत्काल स्थगित गरेपछि इरानले यसलाई अमेरिका सम्भावित व्यापक युद्धको जोखिमबाट पछि हटेको संकेतका रूपमा लिन सक्छ।

उनका अनुसार होर्मुज जलडमरूमध्य पुनः सञ्चालनबारे अमेरिका र इरानबीच स्पष्ट सहमति नभएसम्म वास्तविक रूपमा तनाव कम भएको मान्न सकिँदैन।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  २ : १७ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश