कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल « Khabarhub

कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिरो निखिल उप्रेतीको फिल्म रिलिज भएको ७ वर्ष भयो । यसबीचमा उनको ‘सर्वज्ञानी गुरु’को रुप पनि देख्न पाइयो । उनले प्रवचन पनि दिए– सुन्नेले सुने पनि !

यो क्रममा उनले आफूलाई मिठो बोल्ने र बलिया तथा फरक तर्क गर्ने क्षमता भएको व्यक्तिका रुपमा प्रमाणित गरे । तर, निखिल हिरो हुन् । उनको मुख्य काम अभिनय हो । त्यही कर्मबाट उनले ख्याति कमाएका हुन् ।

६० को दशकको डिमान्डेड हिरो । अझ भन्दा निखिललाई सुटिङका लागि मेकरहरूले वर्षौँ कुर्नुपर्ने बाध्यता थियो । उनै हिरो अहिले ७ वर्षदेखि ठूलो पर्दाबाट अलग छन् ।

निखिल रियल एक्सन दृश्य कैद गराउने क्षमता भएकाले चर्चित छन् । उनले डेब्यू फिल्ममै सात तले भवनबाट हाम फालेर चर्चा कमाए ।

नेपाली फिल्मको बजारमा सानो भएकाले यथार्थवादी फिल्म बन्न थाले । खर्चिला दृश्यभन्दा पनि कथा र अभिनयमा जोड दिएर फिल्म बनाउन थालियो । यही घानमा ‘एक्सन जनारा’ ओझेलमा पर्‍यो । निखिल फिल्मबाटै बेरोजगार भए ।

उनले आफैँ निर्देशनको प्रयास पनि गरे, बन्यो– ‘भैरव’ । तर, दर्शकलाई उक्त फिल्म नयाँ स्वादको लागेन । निखिलको डेब्यू रहरमै सीमित भयो ।

फर्स्टलुक नै आलोचित

एक्सन फिल्म निर्माणमा नेपालले आइडल मान्ने बलिउड–हलिउडले फड्को मारिसके । बजार ठूलो भएकाले उनीहरू प्रविधि मैत्री भए । दर्शकलाई ‘लार्जर देन आइफ’ मात्रै होइन ‘इम्पोसिबल’ अनुभूति दिने फिल्म बनाउन उनीहरू केन्द्रित छन् ।

अहिले बनिरहेका यथार्थवादी धारका फिल्मभन्दा एक्सन जनरा खर्चिलो हो । सानो बजारमा ठूलो खर्चको जनरा छान्ने कुरा मेकरको व्यवसायिक रुचिमा पर्दैन ।

अझ एक्सन फिल्मका दर्शक बढी युवापुस्ता हुन्छन् । यो हलिउड-बलिउडका बिग बजेट फिल्मसँग परिचित पुस्ता हो । सयौं करोडमा र दुई-चार करोडमा बन्ने फिल्मको क्वालिटीमा फरक परिहाल्छ । दर्शकले ‘नाक खुम्चाइ’ हाल्छन् ।

तर, निखिल एक पटक आफूलाई एक्सन फिल्मै प्रमाणित गर्न चाहिरहेका छन् ।

आफ्नै निर्देशनमा बनेको फिल्म ‘आचार्य’बाट उनी यही वर्ष ‘कमब्याक’ गर्ने तयारीमा छन् । त्यसको ‘फ्रर्स्ट लुक’सार्वजनिक भएको छ ।

टिजरले साउथ इन्डियन भाइव दिने फिल्म बनेको संकेत गर्छ । घना जंगलबीचको पहाडको चुचुरोमा रहेका एक पात्रको हातमा चिलले अवतरण गरेको दृश्य गज्जबको छ । यो भीएफएक्स दृश्यले केही सम्भावना देखाएको छ ।

त्यस लगत्तै अर्को दृश्य छ । जहाँ गाडी विस्फोट हुन्छ र टायर उछिटिन्छ । आगो सल्किएर उछिटिएको टायरलाई देब्रे हातले चक्र झैँ घुमाएर निखिलले दाहिने हातले पेस्तोल ताकेका छन् । यो दृश्यमा भीएफएक्स कमजोरी प्रष्ट देखिन्छ ।

फर्स्टलुक, टिजर र ट्रेलरमा फिल्मका राम्राभन्दा राम्रा र आकर्षक मध्येका आकर्षक दृश्य राखिन्छ । ‘आचार्य’ यो फ्रर्स्टलुकले भने धेरै आशावादी बनाउँदैन ।

‘आचार्य’को यो दृश्यलाई केही सामाजिक सञ्जालमा ट्रोल बनाउनसमेत भ्याएका छन् । केहीले ‘यो दृश्य हटाएर फिल्म प्रदर्शनमा ल्याउन’ आग्रह पनि गरेका छन् ।

तथापि, ठूलो संख्याका दर्शकले यो ‘फर्स्टलुक’ मन पराएका छन् ।

निखिलको एक्सन प्रतिको रहर गज्जबको छ । सानो बजेटकै फिल्मबाटै बलिउड-हलिउड अनुभूति दिन उनी तल्लीन छन् ।

हेरौं– आचार्यले के गर्छ ? भौरव रिलिज हुँदा भने उनले भनेका थिए– ‘दक्षिण भारतीय फिल्मलाई टक्कर दिने फिल्म छ । मेकिङ र एक्सनमा २० को १९ पनि छैन ।’

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ६ : ५९ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई