‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा « Khabarhub

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेका विद्यालयका शिक्षक शोकमा परेका छन्।

पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उनको निधनपछि भरतपुर महानगरपालिका-१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गर्नुभएको स्मल हेभनका शिक्षक शोकमा परेका हुन्।

सिंगो चितवन, देश र विश्वभरबाट शोक व्यक्त गरिरहेका बेला रामनगरस्थित माइलादाई बसिरहेका घरमा आज बिहानैदेखि छरछिमेक तथा आफन्तहरू श्रद्धाञ्जली दिन आइरहेका छन्।

भाइ गुमाउँदा पीडाबोध गरिरहेका दाजु जीतबहादुर पुर्जाले अरुबेला भाई हिमाल आरोहण गर्दा सधैँ आफूलाई भन्ने गरेको सुनाउँदै यसपटक पाकिस्तान जाँदा केही खबर नगरेको भन्दै उनी भक्कानिए।

‘पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाइ भन्थ्यो। पाकिस्तान जाने बेलामा चाहिँ मलाइ केही नभनी गयो,’ घरमा आएकाहरूसँग उनले भक्कानिँदै पीडा पोखिरहेकी थिइन्।

निम्स दाईको निधनपछि रामनगरस्थित घरमा आज तस्बिरमा माल्यार्पण गर्नुका साथै दीपप्रज्ज्वलन गरेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छिमेकी जीवनाथ पराजुलीले बताए।

‘हाम्रोभन्दा एक घर परको घरमा निम्सका माइलादाई बस्नुहुन्छ। त्यहाँ राखिएको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छौँ,’ उनको निधनले छिमेकीसमेत शोकमा परेका तारा कुँवरले बताए।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ दानामा जन्मिका उनले यहाँको आँपटारीस्थित स्मल हेभन स्कुलमा कक्षा ३ देखि १० सम्म पढेका थिए। सुरुमा आँपटारीमा रहेको स्कुल अहिले कल्याणपुरमा सरेको छ। कक्षा दशपछि उनी ब्रिटिस आर्मीका लागि गएका थिए।

‘म्याग्दीको दानाबाट बहिनी अनितासहित विसं २०५१ मा ११ वर्षको उमेरमा कक्षा ३ मा अध्ययन गर्न यहाँ आउनुभएका निम्सदाई सानैदेखि आवासमा बस्नुहुन्थ्यो। हालको भरतपुर महानगरपालिका-१ रामनगरमा घर भए पनि निम्स र उहाँकी बहिनी आवासमा बस्नुहुन्थ्यो’, उनका खेलकुद शिक्षक सुरेन्द्र बरालले भने।

करिब सात वर्ष निम्ससँग समय बिताएको स्मरण गर्दै उनी सानैदेखि साहासी र अनुशासित स्वभावको भएको बरालले बताए। उनको निधनले आफूलाई पीडाबोध भएको उनको भनाइ छ।

स्मल हेभन स्कुलका छात्रावास प्रमुख शैलेन्द्र बरालले निम्स विद्यालयको अनुशासित विद्यार्थीका रूपमा रहेको बताए। निम्सको निधनले सिंगो विद्यालय स्तब्ध भएको उनको भनाय छ।

आठ वर्ष आफ्नै रेखदेखमा रहँदा निम्सको आँट देखेर ‘एकदिन महान व्यक्ति बन्छ’ भन्ने लागेको उनले स्मरण गरे।

स्मल हेभन स्कुलका प्राचार्य रामचन्द्र न्यौपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुसी भएको स्मरण गर्दै अहिले निम्सको निधनले विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताए।

सिंगो देश र विश्वले चिनेको आफ्नो विद्यार्थी गुमाउनुपर्दाको क्षण अपूरणीय रहेको भन्दै उनले यसले देशलाई अपूरणीय क्षति पुगेको बताए।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ५४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको