हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत « Khabarhub

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको छ ।

रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्मा परेका नागरिकको सहयोगका लागि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।

उनका अनुसार अध्यक्ष र उपाध्यक्षको मासिक सेवा सुविधाबाट १० दिन बराबरको रकम, वडाअध्यक्षबाट सात दिन, कार्यपालिका सदस्यबाट चार दिन र वडा सदस्यबाट दुई दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीबाट सङ्घीय सरकारले तोकेको मापदण्डअनुसार तलब तथा पारिश्रमिकबाट कट्टा हुने गरी उक्त कोषमा योगदान गर्नेछन् । चङ्खेली गाउँपालिका–१ का वीरबहादुर ऐडी, मञ्जित बुढा, दिनेश बुढा र तिल बुढा रसुवाको एक जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए । उनीहरूलाई सरकारले उद्धार गरी शिविरमा राखेको भए पनि घर फर्कन नसकेको पाइएको छ ।

उनीहरूलाई घरसम्म फर्काउन आवश्यक पर्ने गाडीभाडा तथा खाना खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने र खाद्यान्नलगायत अन्य राहत सामग्री उपलब्ध गराउन इच्छुक सङ्घसंस्थालाई सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गरिनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ७ : २२ बजे

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय