कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै « Khabarhub

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ । इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बस्न लागेको जनाएको छ ।

बैठक दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ । बैठकमा १५औँ महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा विषयमा छलफल हुने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए ।

बैठकमा १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको कुइकेलले जानकारी दिए ।

यता, संस्थापन पक्षले भने यसअघि नै १५औँ महाधिवेशनको मिति तोकिसकेको छ । कांग्रेस केन्द्रीय समितिको साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको बैठकले पूर्व निर्णयअनुसार १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय यथावत् राखेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ८ : १० बजे

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय