डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य « Khabarhub

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास एकदिवसीय खेलमा तास्मानिया मेन्सविरुद्ध मध्यम योगफलमा समेटिएको छ । डार्विनस्थित गार्डेन्स ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ४३.३ ओभरमा १९२ रन बनाउँदै अलआउट भएको हो ।

नेपालका लागि ओपनर तृर्तराज दासले ६३ बलमा सर्वाधिक ३७ रन बनाए । अर्का ओपनर मयाङ्क यादवले ५५ बलमा ३२ रनको योगदान दिए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुआत दिलाए पनि मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् ।

कुशल मल्लले २९ रन र पवन सर्राफले अविजित २२ रन जोडे । यस्तै देवप्रसाद डुम्रेले १८, कुशल भुर्तेल र अनिल शाहले समान ११-११ रन बनाए । लोकेश बमले ११ रन जोड्दा शाहबु आलम र रिजोन ढकाल शून्य रनमै आउट भए ।

तास्मानियाका बलर बिल्ली स्टानलेक ले घातक बलिङ गर्दै १० ओभरमा २१ रन दिएर ४ विकेट लिए । विल प्रेस्टविज र आर म्याकमिलनले समान २-२ विकेट हात पारे ।

१९३ रनको लक्ष्य पछ्याएको तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ११ : ०७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको