डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य « Khabarhub

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास एकदिवसीय खेलमा तास्मानिया मेन्सविरुद्ध मध्यम योगफलमा समेटिएको छ । डार्विनस्थित गार्डेन्स ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ४३.३ ओभरमा १९२ रन बनाउँदै अलआउट भएको हो ।

नेपालका लागि ओपनर तृर्तराज दासले ६३ बलमा सर्वाधिक ३७ रन बनाए । अर्का ओपनर मयाङ्क यादवले ५५ बलमा ३२ रनको योगदान दिए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुआत दिलाए पनि मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् ।

कुशल मल्लले २९ रन र पवन सर्राफले अविजित २२ रन जोडे । यस्तै देवप्रसाद डुम्रेले १८, कुशल भुर्तेल र अनिल शाहले समान ११-११ रन बनाए । लोकेश बमले ११ रन जोड्दा शाहबु आलम र रिजोन ढकाल शून्य रनमै आउट भए ।

तास्मानियाका बलर बिल्ली स्टानलेक ले घातक बलिङ गर्दै १० ओभरमा २१ रन दिएर ४ विकेट लिए । विल प्रेस्टविज र आर म्याकमिलनले समान २-२ विकेट हात पारे ।

१९३ रनको लक्ष्य पछ्याएको तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ११ : ०७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण