भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति « Khabarhub

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण बीमा क्षेत्रमा अर्बौँ रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ १५ गतेसम्म बीमा कम्पनीहरूमा कुल ५८३ वटा बीमा दाबी दर्ता भएका छन् । जसको कुल अनुमानित तथा प्रारम्भिक दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणले भदौ १५ गतेसम्म विभिन्न निर्जीवन र लघुबीमा कम्पनीबाट प्राप्त विवरणका आधारमा यो प्रारम्भिक तथ्यांक संकलन गरेको हो । बाढीका कारण क्षति भएका क्षेत्रहरूलाई बीमालेखको प्रकारका आधारमा वर्गीकरण गर्दा इन्जिनियरिङ तथा ठेकेदार जोखिम विधामा सबैभन्दा धेरै रकम दाबी भएको देखिन्छ ।

बाढीबाट ठूला जलविद्युत् तथा भौतिक पूर्वाधार आयोजनामा क्षति पुग्दा यस विधा अन्तर्गत केवल ५२ वटा दाबी दर्ता भए पनि कुल दाबी रकम भने सबैभन्दा उच्च २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ रहेको छ । यो कुल दाबी रकमको करिब ७९.२६ प्रतिशत हो ।

सम्पत्ति विधा अन्तर्गत बाढीका कारण ११३ वटा दाबी परेका छन्, जसको अनुमानित दाबी रकम २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा बढी संख्यामा बीमा दाबी दर्ता भएको विधा मोटर बीमा हो, जहाँ ३१३ वटा दाबी परेका छन् । यसको कुल प्रारम्भिक दाबी रकम १ अर्ब ४५ करोड ९ लाख ३९ हजार रुपैयाँ छ ।

परिवहन बीमा अन्तरगत ढुवानी तथा ट्रान्जिट बीमा अन्तर्गत ४७ वटा दाबी दर्ता भएका छन्, जसको कुल दाबी रकम ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ रहेको छ । साथै, स्वास्थ्य विधामा केवल ४ वटा दाबी परेका छन्, जसको कुल दाबी रकम ४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, अन्य विधामा ५४ वटा दाबी संख्या दर्ता भएको छ भने यसको कुल दाबी रकम ६२ करोड ९२ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

यस्तो छ, कम्पनीगत दाबी विवरण

बाढीबाट भएको क्षतिको बीमा दाबी व्यवस्थापनमा नेपालका १५ वटा बीमा कम्पनी संलग्न छन् । प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार दाबी रकमका आधारमा दि ओरिएन्टल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्समा सबैभन्दा बढी वित्तीय भार परेको देखिन्छ ।

दि ओरिएन्टल इन्स्योरेन्समा केवल ८ वटा दाबी दर्ता भए तापनि यस कम्पनीमा सबैभन्दा बढी १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँको दाबी परेको छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबी दर्ता भएका छन्, जसको कुल अनुमानित दाबी रकम ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार, सानिमा जीआईसीमा कुल १०२ वटा दाबी परेका छन् भने दाबी रकम २ अर्ब १० करोड २८ लाख ७२ हजार र सिद्धार्थ प्रिमियरमा ६७ वटा दाबी दर्ता भएका छन्, जसको कुल प्रारम्भिक दाबी रकम १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

शिखर इन्स्योरेन्समा सबैभन्दा बढी संख्यामा अर्थात् १२७ वटा दाबी दर्ता गर्ने कम्पनी शिखर इन्स्योरेन्स हो । तर, यसमा कुल प्रारम्भिक दाबी रकम १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ मात्र रहेको छ ।

हिमालयन एभरेष्टमा ६४ करोड ७८ लाख २० हजार, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख ३७ हजार, सगरमाथा लुम्बिनीमा २४ करोड २३ लाख २७ हजार, नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख ४५ हजार, आइजीआई प्रुडेन्सियलमा १८ करोड ७३ लाख ४ हजार, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख र प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख ८ हजार रुपैयाँको दाबी परेको छ ।

साथै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा ७६ लाख, नेशनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १२ : ३२ बजे

कालो चस्मामै प्रधानमन्त्री शाहको सदनमा सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले कालो चस्मा लगाएर प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। आँखामा

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री वालेन्द्रको सम्बोधन (लाइभ)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन गरिरहेका

बाढी पसेको हाइड्रोका सुरूङमा खोजी तीव्र, ९ हजारभन्दा बढी सैनिक खटाइयो

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित हाइड्रोपावर आयोजनाका टनेलमा खोज तथा उद्धार

अमेरिकाद्वारा ४० टन आपतकालीन राहत सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य